लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

रुपन्देही, ११ भदौ । लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको बुधवार राति मृत्यु भएको हो ।

प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुषको उपचारका क्रममा राति मृत्यु भएको हो ।

साँझ ७ बजे उनको स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको र राती १०ः५५ मा मृत्यु भएको डा गौतमले बताए ।

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या पनि थियो ।

Last modified on 2020-08-27 08:27:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts