कोरोना सङ्क्रमणको केन्द्र बनेको प्रदेश २ मा विशेषज्ञ चिकित्सकको टोली जाँदै

काठमाडौं, ११ भदौ । कोरोना सङ्क्रमणको केन्द्र बनेको प्रदेश २ मा विशेषज्ञ चिकित्सकको टोली जाँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको हो ।
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टका अनुसार नारायणी अस्पताल वीरगञ्जमा काम गर्ने गरी ९ जना चिकित्सक बुधवार नै पुगिसकेका छन् ।
त्यसैगरी १३ जना चिकित्सक जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा आज जान लागेका छन् ।
उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जाने भएपनि १ जना चिकित्सक यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुङ्गो लागि नसकेको पनि विष्टले बताए ।