चितवनमा पाँच महिने शिशुसहित थप ५२ जनामा काेराेना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, ११ भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका ४५ सहित अन्य तीन जिल्लाका गरी थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

बुधवार भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी)मा गरिएकाे परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । उता बुधवार नै भरतपुर १० स्थित रहेकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यसरी दुईवटा प्रयाेगशालामा गरी थप ५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । 

संक्रमित हुनेहरूमा भरतपुर महानगरपालिका १, २, ३, ७, ८, ९, १०, ११, १४ र २२ नंम्वर वडाका गरी १४ देखि ६६ वर्ष उमेर समूहका ९ जना पुरूष र ९ जना महिला सहित १८ जना छन् ।

यस्तै काेराेना संक्रमित हुनेमा रत्ननगर नगरपालिका ४, ६, ९, १०, १२ र १५ नंम्वर वडाका १९ देखि ५३ वर्ष उमेर समूहका १५ जना पुरूष र ३ जना महिलागरि १८ जना छन् । 

यस्तै माडी नगरपालिका– ६ र ७ नंम्वर वडाका ५ महिने बालकसहित ५ जना पुरुष र ४ जना महिलागरि ९ जना रहेका छन् । क्वारेन्टिनमा रहेका ती बालककाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब परीक्षणमा गरिएकाे हाे ।

यसैगरि जिल्ला बाहिरका संक्रमित हुनेमा तनहुँका २ जना पुरूष, पूर्वी नवलपरासीका ३ जना पुरूष र सर्लाहीका एक जना महिला र एक जना पुरूष रहेका छन् । उनीहरूकाे चितवनका दुईवटा प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे । बुधवार अबेर रातीसम्म परीक्षण गरिएका नमुनाकाे नतिजा बिहीवार सार्वजनिक गरिएकाे हाे ।

उता बुधवार चितवनका ४० सहित अन्य चार जिल्लाका गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । उनीहरूकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटि पिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

Last modified on 2020-08-27 10:08:45

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts