रेम्डेसिभर औषधिको कालोबजारी गरेको भन्दै पर्साका एक डाक्टर पक्राउ



Download our app to get more features

पर्सा, ११ भदौ । रेम्डेसिभर औषधिको कालोबजारीमा संलग्न रहेको आरोपमा  नारायणी अस्पतालका एक जना चिकित्सक पक्राउ परेका छन् ।

कोरोना संक्रमितको उपचारमाप्रयोग हुने रेम्डेसिभर औषधि उपलब्ध गराईदिने भन्दै बिरामीका परिवारजनसँग चर्को शुल्क असुलेको आरोपमा अस्पतालका डाक्टर ताहिर अन्सारीलाई पक्राउ गरिएको हो ।

बिरामीसँग रेम्डेसिभर औषधि खरीदका लागि चर्को शुल्क लिएको भन्दै डा अन्सारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता मनोजित कुँवरले बताए ।

उनले डाक्टर अन्सारीसँगै रक्सौल निवासी एक जना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको जानकारी गराए । प्रवक्ता कुवँरले यो विषयमा थप अनुसन्धान भईरहेको पनि बताए ।

नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत एक जना बिरामीको परिवारसँग रेम्डेसिभर औषधि उपलब्ध गराइदिने भन्दै डा. अन्सारीले १ लाख ९८ हजार रुपैयाँ असुलेको बताइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts