नेपाल डेण्टल साइन्स हाईजेनिष्ट एसोसिएसनद्वारा स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण

काठमाण्डौ, १० भदौ । नेपाल डेण्टल साइन्स हाईजेनिष्ट एसोसिएसनले स्वास्थ्य सेवा विभाग टेकुको पछिल्लो निर्णयमा असन्तुष्टि जनाउँदै ध्यानाकर्षण गराएको छ ।
हालै जारी कोभीड १९ को निर्देशिका त्रुटिपूर्ण र सरोकारवालासँग बिना छलफल ल्याइएको भन्दै ध्यानाकर्षण गराइएको एशोसियसनका अध्यक्ष माईकल देबकोटाले हाम्रो डक्टर न्युजलाई बताए । उनका अनुसार साउन २६ गतेको पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागद्धारा जारी गरिएको दन्त उपचार सम्बन्धि निर्देशिका संघ लगायत सरोकारवालालाई संलग्न नगराई बनाइएकोले संघले विरोध जनाएको हो ।
यद्यपी स्वास्थ्य सेवा विभागका महानिर्देशकले भने गल्ति सच्च्याउने सकारात्मक आश्वासन दिएको अध्यक्ष देबकोटाले बताए । उनका अनुसार गएको २७ गते विभागलाई २२ बुँदाको ध्यानाकषर्ण गराएको र संसोधनका लागि लगातार दवाव दिइएको छ ।