कारोना नियन्त्रणमा देखा परेका चुनौतिको सामना सामूहिक प्रयासबाट गरौंं:मन्त्री ढकाल

काठमाण्डौ, १० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा भैरहेको कामका सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेकाछन् ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्चअधिकारीसहित मन्त्री ढकालले भर्चुवल माध्यमबाट स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेकाहुन । छलफलमा मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राखे ।
मन्त्री ढकालले कोभिड १९ नियन्त्रणमा देखा परेका चुनौतिको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए कोरोनाविरूद्ध पहिलो भागमा राखेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थयकर्मी, सुरक्षाकर्मी लगायतलाइ धन्यवाद दिँदै सबैले उनिहरूको हौसला बढाउनुपर्ने बताए ।
छलफलमा सहभागी हुँदै डा महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताए। उनले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितिको संख्या धेरै देखिए पनि संक्रमणको दर घट्दोक्रममा रहेको बताए । उनले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको भन्दै सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताए ।
प्रा डा जीवन शेरचनले मास्क ठूलो मात्रामा उत्पादन गरेर जनतामा बितरण गर्नुपर्ने बताए । उनले कतिपय नागरिक मास्क किन्न सक्ने हैसियामा समेत नरहेको भन्दै उनीहरू पनि घरबाहिर निस्कनु पर्ने र काममा जानुपर्ने अवस्था रहेको भन्दै मास्क सरकारले निशुल्क बितरणको व्यवस्था मिलाउनुपर्ने बताए । उनले नमुना परीक्षको नतिजा अझै छिटो र व्यवस्थित रूपमा दिनुपर्ने बताए ।
छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्रा डा भगवना कोइरालालले दशै लगायतका महत्वपूर्ण चाड नजिकै आइसकेको सन्दर्भमा प्रोटोकल बनाएर नागरिकहरूलाइ सहजिकरण गर्नुपर्ने बताए । उनले अस्पताल संक्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिनए ।
छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अलिबढी ध्यान दिनुपर्ने बताउनए । टेकु अस्पतालका अस्पताल डा अनुप बास्तोलाले भेन्टिलेटरमा जाने भन्दा पनि अक्सिजन थेरापीलाइ महत्वका साथ अघि बढाउनुपर्ने बताए । उनले अक्सिजन थेरामी भेन्टिलेटर भन्दा राम्रो र प्रभावकारी रहेको बताए ।
छलफलमा स्वास्थ्य मन्त्रालयकाका तर्फबाट सचिव लक्ष्मण अर्याल, मन्त्रीका सल्लाहकार डा खेमबहादुर कार्की, सहसचिव डा गुणराज लोहनी, प्रवक्ता प्रा डा जागेश्वर गौतम, डा गुणनीधि शर्मा लगायत सहभागी थिए ।