काठमाण्डौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै



Download our app to get more features

काठमाण्डौ, १० भदौ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

बुधबार काठमाडौंमा २ सय ३०, ललितपुरमा ४ सय ७ र भक्तपुरमा २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो।

 पछिल्लो चौविस घण्टामा देशभर २ सय ९९ जना महिला र ५ सय ८६ जना पुरुष गरी कुल नयाँ ८ सय ८५ जनामा संक्रमण देखिएको छ । देशभर हालसम्म ३४ हजार ४ सय १८ पुगेको छ।

२४ घन्टायता ३ सय ८५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा डिस्चार्ज हुने संक्रमितको संख्या  १९ हजार ५०४ पुगेको मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts