लुम्बिनी प्रादेशिक अस्पतालका पुर्व मेसु डा खनाल कोरोनामुक्त

रुपन्देही, १० भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनाल कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् ।
कृष्ण खनालले ‘रुघाखोकी लागेर परीक्षण गराउन गएको थिए कोरोना पोजेटिभ देखियो भदौ १ मा मलाई कोरोना पोजेटिभ देखिएको थियो । १० दिनमा फेरी परिक्षण गराउँदा नेगेटिभ आयो ।’
संक्रमणमुक्त भएपछि खनालले भने १० गतेको पिसिआर रिपोर्ट नेगेटिभ आयो मेरो उपचारमा संग्लन चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्यलाभको कामना गर्नुहुने, व्यवस्थापनमा खट्नु हुने सबैलाई हार्दिक व्यक्त गर्दछु डा खनालको भनाइ छ ।