कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु, नेपालमा संख्या १ सय ७५ पुग्यो

काठमाडौं, १० भदौ । नेपालमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा २ महिला र ९ पुरुष गरि ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको बताए ।
डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर शून्य दशमलव ५ प्रतिशत पुगेको छ ।