नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो

काठमाडौं, १० भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ सय ८५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा थप ३ सय ८५ जना कोरोना संक्रमणपछि निको भएको भन्दै डा गौतमले नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको बताए ।
उनले नेपालमा हाल १४ हजार ७ सय ३९ सक्रिय संक्रमित संख्या रहेको पनि जानकारी गराए ।
Last modified on 2020-08-26 16:21:33