भरतपुर अस्पतालबाट फरार काेराेना संक्रमित १९ वर्षीय युवक नुवाकाेट प्रहरीकाे नियन्त्रणमा

चितवन, १० भदाै । भरतपुर अस्पतालबाट फरार काेराेना संक्रमित १९ वर्षीय युवक नुवाकाेट प्रहरीकाे नियन्त्रणमा आएका छन् ।
भरतपुर अस्पतालका अनुसार ती युवकलाई बुधवार बिहान नुवाकाेटकाे कोल्फुटार( गल्छीबाट २ कि. मि. भित्र)बाट प्रहरीले पक्राउ गरेको हाे । उनी त्यहाँ साईकलमा जाँदै गरेकाे अवस्थामा पक्राउ गरिएकाे स्थानीय प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ती युवकले आफू भरतपुर अस्पतालबाट भागेर आएकाे बयान दिएका छन् ।
उनी अस्पतालकाे आइसोलेसन वार्डबाट मंगलबार बिहान पाँच बजेतिर भागेका थिए ।
अस्पतालका प्रहरीका अनुसार भरतपुर महानगरपालिका १२ ठेगाना लेखेका १९ वर्षीय ती युवक काेराेना संक्रमित भएपछि भदाै ६ गते अस्पताल भर्ना भएका थिए । विहान पाँच बजेतिर स्वास्थ्यकर्मी आइसोलेसनमा पुग्दा फेला नपरेको अस्पतालले जनाएको थियाे । त्यहाँ रहेका बिरामीका अनुसार उनी चार देखि साढेचार बजेसम्म अस्पतालमै थिए ।
उनी अस्पतालकाे सुरक्षाकर्मी अन्य काममा गएकाे माैका छाेपि भागेका हुन । उनी प्रहरी बसेकाे मूलगेट भन्दा अर्कै स्थानबाट भागेकाे अस्पतालले जनाएकाे थियाे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।