सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी, १० भदौ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराईसकेको उनले दिनेश खवरलाई जानकारी दिए।

हिजो साँझसम्म उनको धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचार भईरहेको थियो भने कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ। हिजो मात्रै साउन ३२ गते मृत्यु भएका कैलालीकै पुरुषमा पनि कोरोना पुष्टि भएको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts