चितवनमा गरिएकाे परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

 चितवन, १० भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका ४० सहित अन्य चार जिल्लाका गरी थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

मंगलबार राती १२ बजेसम्मकाे परीक्षणकाे नतिजा अनुसार चितवनका ४० जना सहित अन्य चार जिल्लाका गरि थप ४४ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका अनुसार संक्रमित हुनेहरूमा भरतपुर महानगरपालिका –२, ४, ५, ७, ९, १०, ११, १२, १४, १५ र १६ नंम्वर वडाका ५ वर्षीय बालकदेखि ४६ वर्षीय उमेर समूहका १६ जना पुरुष र ८ वर्षीया बालिकादेखि ५४ वर्ष उमेर समूहका २० जना महिला छन् । उनीहरूकाे भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)बाट स्वाब संकलनमा गरिएकाे थियाे ।

त्यसैगरि रत्ननगर नगरपालिका–१, ६ र १३ नंम्वर वडाका २७ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूकाे कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) र रत्ननगर क्वारेन्टिनबाट स्वाब संकलन गरिएकाे थियाे ।

त्यसैगरि भरतपुर अस्पतालबाट स्वाब दिएका खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अन्य जिलाका काेराेना संक्रमण पुष्टि हुनेहरूमा पूर्वी नवलपरासीका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिला रहेकी छिन् । उनीहरूकाे कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज), भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएकाे थियाे ।

मंगलबार प्रयाेगशालामा राति १२ बजेसम्म २ सय १८ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती ४४ जनामा संक्रमण देखिएकाे हाे । बाँकी १ सय ७४ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे प्रयाेगशालाकी प्रमुख डा. अधिकारी बताइन् । उनीहरूकाे नतिजा बुधवार बिहान सार्वजनिक गरिएकाे हाे ।

उनीहरूकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts