मुख्यमन्त्री पोखरेलको स्कर्टिङमा खटिएका ३ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि



Download our app to get more features

रुपन्देही, १० भदौ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको स्कर्टीङमा खटिने ३ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका मध्य १ जना हवल्दार र २ जना प्रहरी जवान रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नाउव उपरिक्षक प्रतितसिंह राठौरले बताए ।

राठौरका अनुसार उनीहरु मुख्यमन्त्रीको स्कर्टिङमा खटिदै आएका थिए । मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको स्वाब परीक्षण गर्ने क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

५ दिनअघि पनि ईलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा संक्रमण देखिएको थियो । उनीहरु सबैजनालाई उपमहानगरले सञ्चालन गरेको एन्फा आइसोलेशनमा पठाइृएको डीएसपी राठौरले बताए ।

Last modified on 2020-08-26 06:57:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts