आइसीयुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्यो 



Download our app to get more features

काठमाण्डौ, ९ भदौ । कोरोना संक्रमितको संख्या बढेसँगै आइसीयुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ६३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । 

मन्त्रालयको तथ्यांक अनुसार १३ जना भेन्टिलेटरमा र १५० जना संक्रमित आइसीयुमा उपचाररत रहेका छन् । 

आइसीयुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ६० जना र  १३ जना भेन्टिलेटरमा रहेका छन् ।  

त्यस्तै प्रदेश २ मा ४४, प्रदेश ५ मा १७,  प्रदेश १ मा २६ जना र गण्डकी प्रदेशमा ३ संक्रमित आइसीयुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

Last modified on 2020-08-25 21:24:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts