काठमाण्डौ उपत्यकामा एक हप्ता निषेधाज्ञा थप्ने तयारी



Download our app to get more features

काठमाण्डौ, ९ भदौ । काठमाण्डौ उपत्यकामा एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ । यसअघि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो ।  

डीसीसीएमसीले उपत्यकामा जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउन सिफारिस गरेको हो । 

मङ्गलबार दिउँसो बसेको  काठमाण्डौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको स्रोतले बताएको छ ।
 आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने निर्णयको सिफारिस लिएर गृह मन्त्रालयका पुगेका थिए। 

उपत्यकामा गएको ३ गतेदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिन लागेकाले एक हप्ताको निषेधाज्ञाको समीक्षा गर्न आज बैठक बसेको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts