नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ कोे संयोजकमा डा प्रशान्त आचार्य 



Download our app to get more features

रुपन्देही, ९ भदौ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश नम्बर ५ कोे संयोजकमा डा प्रशान्त आचार्यलाई नियुक्त गरिएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले मंगलवार लुम्बिनी प्रादेशिक अस्पतालका डा आचार्यलाई संयोजकमा तोकेकोे हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद २०७६ बमोजिम स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना जनशक्ति पुर्वाधार क्षमता प्राथामिकताका आधारमा संघले प्रदेश र स्थानिय तहको  संरचना बिस्तारको लागी डा आचार्यलाई तोकिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रदिप ज्ञाबलीले बताए ।

उनले प्रदेश र स्थानियका गतिविधि समेत परिषलाई उपलब्ध गराउन उल्लेख गरे ।

परिषदले मुख्यमन्त्रीको कार्यलय सामाजीक विकास मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला समन्वय समिति, बुटवल उपमहानगर र जिल्ला प्रशासन कार्यलय रुपन्देहीलाई समेत बोर्धाथ गरेको छ ।

Last modified on 2020-08-25 19:04:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts