सेती अस्पतालका थप चार स्वास्थ्यकर्मीमा देखियो कोरोना

धनगढी, ९ भदौ । सेती प्रादेशिक अस्पतालका थप चार स्वास्थ्यकर्मीमा कोरोना भाईरस पुष्टि भएको छ।
मंगलवार भएको परीक्षणमा अस्पतालमा कार्यरत थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
तीन महिला र एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको उनले बताए। यसअघि सेती अस्पतालका तीन स्वास्थ्यकर्मी र तीन जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको थियो।