नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६४ पुग्यो

काठमाडौं, ९ भदौ । नेपालमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरुष रहेको बताए ।
उनले योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ६४ पुगेको पनि जानकारी गराए ।