स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न नेपाल चिकित्सक संघको आग्रह

काठमाडौं, ९ भदौ । नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई दुर्व्यहार नगर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष डा लोचन कार्कीले कोरोना संक्रमितको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि गरिने दुर्व्यवहारले उनीहरुको मनोबल कमजोर हुने भएकाले त्यस्तो नगर्न आग्रह गरे ।
उनले कोरोना संक्रमितको उपचारमा खटिएका नर्स, डाक्टर, सफाइकर्मी नै पछिल्लो समय संक्रमित हुन थालेको र उनीहरुमाथि हुने दुर्व्यवहारले मनोबल कमजोर हुने हुँदा संक्रमितको उपचार प्रभावित हुने भएकाले त्यस्ता व्यवहार नगर्न भन्दै सके हौसला बढाउन आग्रह गरे ।
कसैलाई छुँदैमा, संक्रमितको उपचारमा खट्दैमा संक्रमित हुने होइन त्यसैले त्यस्ता गलत क्रियाकलापमा नलाग्न र स्वास्थ्यकर्मीमाथि गलत व्यवहार नगर्न भन्दै डा कार्कीले यस्ता व्यवहारले यदि डाक्टरले सेवा दिन छोड्यो भने त्यसले भयावह स्थिति आउन सक्ने हुनाले सबै एकजुट भएर महामारी विरुद्धको लडाईंमा लाग्नुपर्ने उल्लेख गरे ।