नेपालमा थपिए ८ सय ५५ नयाँ कोरोना संक्रमित, ३ सय १३ जना स्वस्थ

काठमाडौं, ९ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालका विभिन्न ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ८ सय ३५ पुगेको बताए ।
यस्तै नेपालमा पछिल्लो २४ घन्टामा ३ सय १३ जना कोरोना संक्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।
Last modified on 2020-08-25 16:22:57