चितवनमा दुई वर्षीया बालिका सहित थप ३१ जनामा काेराेना संक्रमण पुष्टि

चितवन, ९ भदाै । भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी)मा स्वाब आरटिपिसिआर प्रविधिबाट कोरोना परीक्षणमा दुई वर्षीया बालिका सहित छ जिल्लाका गरी थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
संक्रमित हुनेमा चितवनका मात्र २१ जना छन् । संक्रमित हुनेहरूमा भरतपुर महानगरपालिकाका सबैभन्दा बढी १७ जना छन् । त्यस्तै रत्ननगर नगरपालिकाका दुई जना छन् । जसमा रत्ननगर नगरपालिका १० की दुई वर्षीया बालिका समेत छिन् । राप्ती र खैरहनी नगरपालिकाका समान एक/एक जना छन् ।
यसैगरी अन्य संक्रमित हुनेहरूमा मकवानपुर जिल्लाकाे हेटौंडा उपमहानगरपालिका–१९ का एक जना, पूर्वी नवलपरासी गैंडाकोट–१ का एक जना, कावासोती–१३ का एक जना र विजन त्रिवेणीका एक जना गरी तीन जना, रोल्पा रुन्ती–५ का ३ जना, गोरखा जिल्लाको गोरखा नगरपालिका–१० र १३ का २ जना, पर्सा पोखरीया–९ का एक जना रहेका छन् । उनीहरु सबैकाे चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएकाे थियाे । साेमबार परीक्षण गरिएकाे नमूनाकाे नतिजा मंगलबार प्रकाशन गरिएकाे हाे ।
प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे । उता साेमबार नै भरतपुर अस्पताल काेभिड-१९ प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका १५ सहित विभिन्न तीन जिल्लाका गरी थप १७ जनामा काेराेना संक्रमण देखिएकाे थियाे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।