काेराेना संक्रमित १९ वर्षीय युवक भरतपुर अस्पतालबाट फरार, खाेजी कार्य जारी 



Download our app to get more features

चितवन, ९ भदाै । भरतपुर अस्पतालमा उपचाररत एकजना काेराेना संक्रमित युवक भागेका छन् । 

उनी अस्पतालकाे आइसोलेसन वार्डबाट नै मंगलबार बिहान पाँच बजेतिर भागेकाे अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

अस्पतालका प्रहरीका अनुसार भरतपुर महानगरपालिका १२ ठेगाना लेखेका १९ वर्षीय ती युवक काेराेना संक्रमित भएपछि भदाै ६ गते अस्पतालमा भर्ना भएका थिए ।
विहान पाँच बजेतिर स्वास्थ्यकर्मी आइसोलेसनमा पुग्दा फेला नपरेको अस्पतालले जनाएको छ । त्यहाँ रहेका बिरामीका अनुसार उनी चार देखि साढेचार बजेसम्म अस्पतालमै थिए ।

उनी अस्पतालकाे सुरक्षाकर्मी अन्य काममा गएकाे माैका छाेपि भागेका हुन । उनी प्रहरी बसेकाे मूलगेट भन्दा अर्कै स्थानबाट भागेकाे अस्पतालले जनाएकाे छ । उनकाे अहिले खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Last modified on 2020-08-25 11:55:51

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts