चितवनमा गरिएकाे परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, ९ भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका १५ सहित विभिन्न तीन जिल्लाका गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
साेमबार राती प्राप्त नतिजा अनुसार चितवनका १५ जना सहित विभिन्न तीन जिल्लाका गरि थप १७ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् । त्यस्तै संक्रमित हुनेमा मकवानपुरका एक र पूर्वी नवलपरासीको गैंडाकोटका एक जना छन् ।
साेमबार प्रयाेगशालामा राति १० बजेसम्म ४ सय ५ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती १७ जनामा संक्रमण देखिएकाे हाे । बाँकी ३ सय ८८ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे प्रयाेगशालाकी प्रमुख डा. अधिकारी बताइन् ।
उनीहरूकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।
उता भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी)मा स्वाब आरटिपिसिआर प्रविधिबाट कोरोना परीक्षणमा साेमबार बिहान प्राप्त नतिजामा चितवनका १४ सहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।