भारतबाट आउने नागरिकको अभिलेख र नाका कडाइ गर्न : मुख्यमन्त्री पोखरेलको निर्देशन



Download our app to get more features

रुपन्देही, ८ भाद्र ।  कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग एकीकृत भिडियो संवाद गरेका छन ।

मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे वताए । एकीकृत भिडियो संवादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पिसिआर परिक्षण र कन्ट्याक टे«सिङको काम प्रभावकारी बनाउन निर्देशन दिए ।

उनले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउनुपर्ने वताए । मुख्यमन्त्री पोखरेलले भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न निर्देशन दिए।

पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले श्रृजना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई अघि बढाउन आग्रह समेत गरेका छन।

प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ,त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन मुख्यमन्त्री पोखरेलले निर्देशन दिएको मुख्यमन्त्रीका प्रेश सल्लाहकार सेरबहादुर केसीले बताए ।

प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत भएका काम र समस्या प्रस्तुत गर्दे तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्रीलाई जानकारी गराएको मुख्यमन्त्रीका प्रेससल्लाकार सेरबहादुर केसीले वताए ।

 

Last modified on 2020-08-24 20:45:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts