मेडिसिटी अस्पतालमा पनि पीसीआर परीक्षणसुरु 



Download our app to get more features

ललितपुर, ८ भदौ । ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा पनि पीसीआर परीक्षण सुरु भएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गर्दा अहिलेको आवश्यकता महसुस गरेर पीसीआर परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ । 

 मेडिसिटीले हरेक दिन आठ सयभन्दा धेरैको स्वाब लिएर रिपोर्ट दिन सक्ने क्षमताको उपकरणसहित परीक्षण सेवा सञ्चालनमा ल्याइएको अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डाक्टर गोपी अर्यालले बताए ।  

स्वाब सङ्कलन गरिएको २४ घण्टाभित्र नतिजा पाउन सकिने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा.अर्यालले बताए  । पीसीआर परीक्षणका लागि अस्पताल पग्नुभन्दा पहिले अस्पतालमा नाम दर्ता गराउन अस्पतालले आग्रह गरेको छ ।

यस्तै विदेशी नियोग, वैदेशिक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पीसीआर परीक्षण गरिरहेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts