पाटन अस्पतालमा थप २ संक्रमितको मृत्यु

काठमाण्डौ, ८ भदौ । कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा काठमाडौं चण्डोलका ७४ वर्ष र धनुषाका ७६ वर्षका वृद्दको उपचारका क्रममा मृत्यु भएको हो ।
चण्डोलका वृद्दलाई निमोनियाको लक्षण देखिएपछि भदौ ५ गते अस्पताल भर्ना भएको थियो । उनको सोमबार दिउँसो ३ : ३५मा मृत्यु भएको हो ।
यस्तै धनुषाका वृद्दलाई भने अत्याधिक ज्वरो आएर साउन २५ गते अस्पताल भर्ना गरिएको थियो ।
Last modified on 2020-08-24 20:03:17