सेती अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना पुष्टि

धनगढी, ८ भदौ । सेती प्रादेशिक अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा बस्दै आएकी ३० वर्षीय उनीमा कोरोना पुष्टि भएको हो ।
सोमबार धनगढी प्रयोगशालामा भएको परीक्षणमा ती स्टार्फ नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
यसअघि सेती अस्पतालका २ स्वास्थ्यकर्मी र ३ जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।