लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु 



Download our app to get more features

रुपन्देही, ८ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार सुरु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलद्वारा सञ्चालित कोरोना विशेष आईसोलेसन कक्षमा भेन्टिलेटरमा रहेकी एक ७० वर्षीया एक महिलालाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो ।

पहिलो पटक चिकित्सकको प्लाज्मा लिएर उपचार सुरु गरिएको कोरोना अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । लुम्बिनी प्रादेशिक अस्पतालका कार्यरत डा साजन श्रेष्ठले आफ्नो प्लाज्मा दान गरेका छन् । 

डा श्रेष्ठ केही समय अघिमात्रै कोरोना संक्रमित भइ निको भएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले प्लाज्मा थेरापी विधि सफल भए अरु विरामीहरुमा पनि उपचार शुरु गरिने जानकारी दिए ।

कोरोनाको छुट्टै औषधि पत्ता नलागिसकेको अवस्थामा मृत्युलाई रोक्न सकिन्छ की भन्ने उदेश्यले प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको र सफल भए अन्यमा समेत प्रयोग गरिने डा खनालको भनाइ छ ।

अस्पतालका अनुसार बुटवलको आईसोलेसन अस्पतालको सघन उपचार कक्षमा १७ जना संक्रमितहरुको उपचार भईरहेको छ । ती मध्ये दुईजना गम्भीर अवस्थाका भएकोले भेन्टिलेटरमा राखेर उपचार हुँदैछ । 

अस्पतालका चिकित्सक डा सम्राट पराजुलीले भने 'यस क्षेत्रमा यो पहिलो भएको छ हामी सबै लागेर यो कार्य अघि बढाएका हौ सफल होला सबैको विश्वास गरौ यसमा सबै चिकित्सक, नर्स, नेपाल रेडक्रस लगायतको सबैको महवपुर्ण भुमिका हुनेछ ।'


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts