नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सयभन्दा बढी, १८ हजार ८ सय ६ निको

काठमाडौं, ८ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा जागेश्वर गौतमले नेपालका विभिन्न ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ४६ महिला र ४ सय ९७ जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए ।
उनले योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा थप १ सय ७५ जना निको भएका छन् । डा गौतमले नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको जानकारी गराए ।
Last modified on 2020-08-24 16:26:48