एनपीएचएलले भन्योः पिसिआर परीक्षणका लागि सरकारले तोकेभन्दा बढी शुल्क नतिर्नु



Download our app to get more features

काठमाडौं, ८ भदौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षण जाँच सम्बन्धी सूचना जारी गरेको छ ।

प्रयोगशालाले पिसिआर परीक्षणका लागि सरकारले तोकेको भन्द बढी शुल्क नतिर्न आग्रह गरेको छ ।

प्रयोगशालाले कोभिड–१९ को पिसिआर परीक्षण गराउनु परेको अवस्थामा परीक्षण गर्ने संस्थालाई सरकारले तोकेको ५५ सय भन्दा बढी शुल्क नतिर्न अनुरोध गरेको हो ।

यस्तै प्रयोगशालाले स्वाब परीक्षण गर्ने संस्थाबाहेक अनुमति प्राप्त अन्य स्वास्थ्य संस्थाले स्वाब संकलन गरेको अवस्थामा सरकारले तोकेको पिसिआर परीक्षण शुल्क १० प्रतिशत मात्र लिन पाउने बताएको छ ।

कुनै स्वास्थ्य संस्थाले सरकारले तोकेकोभन्दा बढी शुल्क मागेमा वा कोभिड १९ को पिसिआर परीक्षण सम्बन्धी अन्य कुनै गुनासो भएमा प्रयोगशालाको सूचना अधिकारीको नम्बर ९८०१०६९३८३ वा प्रयोगशालाको टेलिफोन नम्बर ०१ ५३५२४२१ मा वा इमेल ठेगाना [email protected] मा सम्पर्क गरी गुनासो गर्न पनि प्रयोगशालाले आग्रह गरेको छ ।

यस्तै नेपाल सरकारबाट कोभिड १९ को पिसिआर परीक्षण गर्नका लागि अनुमति प्राप्त गरेका निजी प्रयोगशालाहरुलाई घरमै गएर स्वाब संकलन नगर्न पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालले आग्रह गरेको छ । कोभिड १९ को पिसिआर परीक्षण गराउन चाहने कुनैपनि व्यक्तिले सम्बन्धीत स्वास्थ्य संस्थामा स्वयं उपस्थित भएर स्वाब संकलन गराउन पनि भनेको छ । 

Last modified on 2020-08-24 15:18:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts