सुदूरपश्चिममा पहिलो पटक नेपाली सेनामा देखियो कोरोना



Download our app to get more features

धनगढी, ८ भदौ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक नेपाली सेनामा  कोरोना संक्रमण देखिएको छ । 

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको हनुमान ध्वज गुल्ममा कार्यरत एक जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२० वर्षीय उनलाई कोरोना पुष्टि भएपछि ब्यारेक भित्रै छुट्टै आईसोलेसनमा राखिएको छ । तर, उनको ट्राभल हिस्ट्री भने छैन् । 

हनुमान ध्वज गुल्ममा कार्यरत २० जना सैनिकको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा ८ जनाको रिर्पोट आएको छ ।

७ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १२ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts