भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघ्यो, ५७ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, ८ भदौ । कोरोना भाइरसका कारण विश्वकै तेस्रो प्रभावित मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ ।

भारतमा लगातार २६ औं दिनसम्म ५० हजारभन्दा बढीको दरले नयाँ संक्रमित फेला परेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ६१ हजार ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख एक हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ८ सय ३६ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ५७ हजार ५ सय ४२ पुगेको छ । 

यसैबीच, भारतको औषधि उद्योग सीरम इन्स्टिच्यूट अफ इन्डियाले ७३ दिनमा कोरोना भाइरस विरुद्धको खोप आउने दावीलाई खारेज गरिदिएको छ ।

सीरमले एक बयान जारी गर्दै ७३ दिनभित्रमा कोरोना भाइरस विरुद्धको खोप प्राप्त भइसक्ने दावी गलत रहेको बताएको छ ।

उद्योगले जारी गरेको बयानमा भनिएको छ, ‘हामीलाई  सरकारले खोप उत्पादनका लागि अनुमति दिएको छ । खोप बजारमा तब मात्रै आउँछ जब यसको परीक्षण सफलतापूर्वक सम्पन्न हुन्छ । यसकोे प्रभावकारीता र मापदण्ड अनुसार सफल हुनमा समय लाग्ने छ ।’

सिरमले अक्सफर्ड–एस्ट्राजेनेका खोप तेस्रो चरणको परीक्षणमा रहेको र खोप सुरक्षित रहेको विषयमा काम भइरहेको पनि बताएको छ ।  

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts