चितवनमा गरिएकाे परीक्षणमा थप २० जनामा काेराेना संक्रमण पुष्टि

चितवन, ८ भदाै । भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी)मा स्वाब आरटिपिसिआर प्रविधिबाट कोरोना परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
संक्रमित हुनेमा चितवनका १४ जना छन् । संक्रमित हुनेहरूमा भरतपुर महानगरपालिका वडा नंम्वर १ का ७४ वर्षीया महिला र २३ वर्षीय पुरुष, वडा नंम्वर २ का ३१ वर्षीय पुरुष, वडा नंम्वर ३ का ३१ वर्षीय पुरुष, वडा नंम्वर ५ का २२ र ३३ वर्षीया दुई महिला, वडा नंम्वर ९ का ४३ वर्षीय पुरुष, वडा नंम्वर १० की २३ वर्षीया महिला, वडा नंम्वर ११ का ३५ र ५२ वर्षीय दुई पुरुष, वडा नंम्वर १५ का २० वर्षीय पुरुष, वडा नंम्वर १६ का २० वर्षीया महिला, वडा नंम्वर २८ का ६२ वर्षीय पुरुष र खैरहनी नगरपालिका–१२ की ३० वर्षीया महिला रहेका छन् ।
यसैगरी अन्य संक्रमित हुनेहरूमा मकवानपुरको हेटौंडा–४ की ४९ वर्षीया महिला, नवलपरासी पूर्व गैंडाकोट–२ का ३८ वर्षीया महिला, ४२ वर्षीष पुरुष र कावासोती–१४ का २२ वर्षीया महिला गरी तीन जना, बारा कलैया–४ का ६५ वर्षीय पुरुष र गोरखा–१ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैकाे चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएकाे थियाे । आइतवार परीक्षण गरिएकाे नमूनाकाे नतिजा साेमबार बिहान प्रकाशन गरिएकाे हाे ।
प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे । उता आइतवार नै भरतपुर अस्पताल काेभिड-१९ प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका थप १९ जनामा काेराेना संक्रमण देखिएकाे थियाे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।