नेपालमा कोरोना भ्याक्सिनको परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले दियो स्विकृति



Download our app to get more features

काठमाण्डौ, ८ भदौ । नेपालमा चीन, रशिया र युकेले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण हुने भएको छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको हो।

परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीले चीन, रशिया र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि थर्ड फेज क्लिनिकल ट्रायल हुने बताए । 

उनले यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको पनि जानकारी गराए।

भ्याक्सिनको नेपालमा पनि थर्ड फेज परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले यसको प्रक्रिया अगाडि बढेको छ । 

Last modified on 2020-08-24 06:23:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts