काठमाण्डौ उपत्यकामा  खाद्यवस्तुका पसल बिहान सवा ९ बजेसम्म खुल्ने 



Download our app to get more features

काठमाण्डौं, ७ भदौ । काठमाण्डौ उपत्यकाका निषेधाज्ञाको समयमा खाद्यवस्तुका पसल बिहान सवा नौ बजेसम्म खोल्न पाइने भएको छ । 

यसअघि सात बजेसम्म मात्रै पसल खोल्न पाइने नियम परिवर्तन गर्दै तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म खोल्न पाइने बनाएको हो । 

दूध, तरकारी, खाद्यान्न, माछामासु लगायतका खाद्यजन्य पसलको लागि यो आदेश लागू हुनेछ । पानी र स्वास्थ्य सामग्री तथा औषधि पसलको लागि भने समय तोकिएको छैन, निर्वाध रुपमा खोल्न पाइनेछ । 

उपत्यकामा सङ्क्रमण बढेपछि गएको भदौ ३ गते राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा  भएको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts