धरानमा प्लाज्मा थेरापी दिइएका कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाण्डौं, ७ भदौ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। धरान(८ का ६८ वर्षीय पुरुषको साँझ ६स्३५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

डा सापकोटाका अनुसार अवस्था गम्भिर भएपछि उनलाई प्लाज्मा थेरापी दिइएको थियो। तर यो  विधीबाट पनि बचाउन नसकेको उनको भनाई छ।

साउन २९ गते कोरोना पोजिटिभ देखिएका उनमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो। साउन ३० गते प्रतिष्ठानमा भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह, सिओपिडीको समस्या समेत थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts