पिसिआर मेसिन बिग्रिएपछि डोटीमा कोरोना परीक्षण बन्द

धनगढी, ७ भदौ । कोरोनाको परीक्षणको दायरा बढाउनका लागि जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको पिसिआर मेसिन बिग्रिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले डोटीमा स्थापना गरेको पिसिआर मेसिनको भदौ १ गते मात्रै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्दघाटन गरेका थिए ।
स्थापना भएको एक हप्ता नपुग्दै विद्युत अनियमित हुन थालेपछि पिसिआर मेसिनको ‘फ्यान’ बन्द भएको अस्पतालका निमित्त मेसु प्रकाश ठकुल्लाले बताए । ‘फ्यान बन्द भएपछि परीक्षण रोकिएको छ’, उनले भने, ‘ईन्जिनियरले बिहानैदेखि बनाइरहेका छन् ।’
डोटीमा परीक्षण गर्ने गरी संकलन गरिएका स्वाबहरु भने धनगढी पठाएको उनले बताए ।