बुटवल कोरोना अस्पतालमा थप २ जनाको मृत्यु

रुपन्देही, ७ भदौ । बुटवलमा कोरोना अस्पतालमा आइतबार थप २ जना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्तिमा आइतबार २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १ निवासी ६७ वर्षकी महिला र रुपन्देही समरिमाई गाउँपालिका वडा नं २ मुडुला निवासी ३८ वर्षका पुरुष रहेका छन् ।
मृतक दुबैमा स्वासप्रश्वास सम्बन्धि समस्या रहेको अस्पतालले जनाएको छ ।