खाली भए अस्पतालका आइसोलेसन, ९१ प्रतिशत संक्रमित घरमै



Download our app to get more features

 

धनगढी,७ भदौ ।  सुदूरपश्चिमको राजधानी रहेको कैलालीमा एक सय ५८ जना सक्रिय संक्रमित रहेकोमा सेती र टीकापुर अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा २० जनाको मात्रै उपचार भईरहेको छ।

स्वास्थ्य कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालमा ९ र टीकापुर अस्पतालको आईसोलेसनमा ११ जना भर्ना भएका छन्। अन्य व्यक्ति भने होम आईसोलेसनमा बसिरहेको बताईएको छ।

जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका संस्थागत आईसोलेसनमा ८४ र होम आइसोलेसनमा ३६ जना रहेको स्वास्थ्य कार्यालय कैलालीका कोभिड–१९ सम्पर्क व्यक्ति जयसिंह भण्डारीले जानकारी दिए।

उनले होम आइसोलेसनमा बसेकाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरे÷नगरेको विषयमा स्थानीय तहलृे निरिक्षण गरिरहेको बताए। कैलालीमा झै अन्य जिल्लामा समेत अस्पतालका आइसोलेसनमा उपचारका लागि भर्ना भएका संक्रमितको संख्या न्यून रहेको छ।

७७ जना सक्रिय संक्रमित रहेको अछाममा २० जना मात्रै अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्। अन्य ५८ जना संस्थागत आईसोलेसन र बाँकी होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय अछामका कोभिड–१९ सम्पर्क व्यक्ति देवदत्त जोशीले बताए।

होम आईसोलेसनमा रहेकाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरे÷नगरेको विषयमा स्थानीय पालिकाले निरिक्षण गर्दै आएको बताईएपनि लापरवाही बढ्दै गएपछि समुदाय स्तरमा संक्रमण फैलिने जोखिम बढेको छ।

उता बझाङमा समेत अस्पतालको आईसोलेसनमा भर्ना भएका संक्रमित एकजना मात्रै रहेका छन्। अन्यलाई स्थानीय तहले स्थापना गरेका आईसोलेसन र होम आइसोलेसनमै राखिएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ७ सय ६४ संक्रिय संक्रमित रहेकोमा विभिन्न जिल्लाका अस्पतालमा उपचारका लागि भर्ना भएकाको संख्या ८ दशमलव ३७ प्रतिशत अथात ६४ जना मात्रै रहेको छ। बाँकी ९१ प्रतिशत संक्रमित होम आईसोलेसन र केही संक्रमित मात्रै स्थानीय तहको आईसोलेसनमा रहेका छन्।

अस्पतालहरुका र्आइसोलेसन शैया खाली भएका बेला संक्रमितहरुलाई होम आईसोलेसनमै छोडेपछि समुदाय स्तरमा जोखिम फैलिने देखिएको छ।

तर प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कोरोना पुष्टि भएपछि अस्पतालकै आइसोलेसनमा बस्नुपर्छ भन्ने नभएको बताए।

उनले कोरोनाको लक्षण देखिएका विरामीलाई मात्र अस्पतालका आइसोलेसनमा भर्ना गरिदै आएको जनाए।

Last modified on 2020-08-23 15:27:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts