डा. अधिकारीको संयोजकत्वमा चितवनमा ११ सदस्यीय कोभिड–१९ प्राविधिक समिति गठन



Download our app to get more features

चितवन, ६ भदाै । चितवनमा काेराेना भाइरस संक्रमणकाे समग्र व्यवस्थापनका लागि जिल्ला स्तरीय कोभिड–१९ प्राविधिक समिति गठन गरिएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको संयोजकत्वमा शनिवार ११ सदस्यीय कोभिड–१९ प्राविधिक समिति गठन गरिएकाे हाे । समितिको सदस्यसचिवमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारी रहेका छन् । त्यस्तै समितिका सदस्यहरूमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, चिकित्सक संघ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाईँ, चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्साल रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरूमा निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायणसिंह कुँवर, भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिपक सुवेदी, पुरानो मेडिकल कलेजकी काेभिड संयाेजक डा. प्रिया पाठक, नर्सिङ संघ चितवनका अध्यक्ष माया पाण्डे र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री हरि पौडेल रहेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले साे प्राविधिक समिति गठन गरेको हो ।

नवगठित संयोजक डा. अधिकारीका अनुसार साे प्राविधिक समितिले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रकाे निर्देशनअनुसार आवश्यक प्राविधिक सहयाेग गर्ने छ । मुख्यतया चिकित्सक, अन्य स्वास्थ्यकर्मी र अस्पतालबिच प्रभावकारी समन्वय गरि समग्र काेराेना राेकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक प्राविधिक सल्लाह तथा काम समितिले गर्ने छ ।

Last modified on 2020-08-23 07:31:52

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts