परिक्षणको होडबाजीले राज्यलाई आर्थिक भार : मेयर शाक्य



Download our app to get more features

काठमाण्डौं, ६ भदौ । काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निस्शुल्क भएर  पीसीआर गरौँ भन्ने होडबाजीले राज्यलाई आर्थिक भार थपिने बताएकाछन् ।  

शाक्यले सावधानी नअपनाएर  पीसीआर मात्रै गर्नेहोभने ठूलो  खर्च हुने र अर्थतन्त्रमा समेत नराम्रो असर गर्ने बताए ।
 पीसीआर परीक्षण कोरोना भाइरसको सङ्क्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम परीक्षण मात्र भएको भन्दै यसले कोरोना रोकथाम नगर्ने उनको भनाइ छ । 

‘नि शुल्क पाइयो भनेर र पहुँचका भरमा आशंका नै नभएका व्यक्तिले पनि पटक–पटक परीक्षण गर्ने हो भने सम्भावित सङ्क्रमितको पहुँचमा परीक्षण नपुग्ने अवस्था हुनसक्छ उनले भने, ‘त्यसले राज्यलाई अनावश्यक आर्थिक बोझ मात्रै बढाउँछ । 

यस्तै उपत्यकाबासीले यस अघि पनि लामो समयसम्मको लकडाउनलाई पूर्ण पालना गरी सरकारलाई सहयोग गरेको भन्दै शाक्यले अझै केही सयम कष्ट सहेर भए पनि निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेकाछन् ।

उनले लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा कोरोनाको सङ्क्रमण फैलिदै गएको र खतरा बढेको बताए ।

मेयर शाक्यले कोरोना सङ्क्रमणबाट कसैले पनि त्रसित नहुन तर सजग रहन आग्रह गरेकाछन् । काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडामा १० ओटा कन्ट्याक्ट  ट्रेसिङ टोली बनाएर काम गरिरहेको  बताए । 

Last modified on 2020-08-22 21:32:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts