प्रदेश ५ मा कोरोना संक्रमितको चाप बढ्दो, राजधानीका आईसीयू बेड भरिए



Download our app to get more features

रुपन्देही, ६ भदौ । बुटवलकोे कोरोना विशेष (अस्थायी) अस्पतालको आईसीयू बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् । दैनिक रुपमा लक्षण सहितको कोरोनाका संक्रमित थपिएपछि अस्पतालमा रहेका १६ वटा बेड बिरामीले भरिएको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद खनालका अनुसार बुटबलको धागोकारखनामा बनाईएको कोरोना अस्थायी अस्पतालमा १६ वटा बेडमा रहेकामा ८ जना बिरामीलाई अक्सिजन दिई उपचार भइरहेको छ भने २ जना बिरामी भेन्टिलेटरमा रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालले व्यवस्थापन यो अस्पतालमा आइसोलेसनतर्फ पनि बिरामीको संख्या थपिने क्रम रहेको डा खनालले बताए बेड संख्या ३६ रहेका र आइसोलेसन कक्षमा २१ जनाको उपचार डा खनालले बताए ।

अर्कोतिर लुम्बिनी प्रादेशिक अस्पतालको मूल भवनमा रहेका ६ वटै आइसोलेसन बेडमा पनि बिरामी भरिएको डा. खनालले छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि तथा अन्य गरि ६ वटा आइसोलेसन बेडभरिएको बताए । अब नयाँ बिरामी आए राख्नसमस्या भएको डा खनालले बताए । बुटबलको धागोकारखानामा ५० देखि १ सय बेडको अस्थायी अस्पताल बनाउने भनेपनि अहिले सम्म त्यो भएको छैन । 

प्रदेश ५ स्वास्थ्य निर्देशनालयले बुटबलको धागो कारखनामा बनाईएको कोरोना अस्थायी अस्पताललाई २ सय बेडको बनाउने तयारी भएको बताएपनि त्यो ३६ बेडमै सिमिति रहेको छ । प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद गिरीले अबस्यक अनुसार बेड थप्दै जाने बताएका थिए ।
प्रदेश ५ को अस्थायी राजधानी बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालसँगै कोरोना भाइरसका संक्रमितको उपचारको लागि भैरहवाको भीम अस्पताल, दाङ बेलझुण्डीमा रहेको कोरोना अस्पताल र बाँकेको खजुरा अस्पताल रहेका छन् ।

भीम अस्पतालले कोरोना संक्रमित बिरामी सबैलाई डिस्चार्ज गरेपछि अस्पतालले पुनः नियमित सेवा शुरु गरिसकेको छ । त्यहाँ कोरोनाका बिरामी भर्ना १ मात्र रहेको अस्पतालका मेसु डा नबिन दर्नालले बताए ।

बुटबल उपमहानगरपालिकाले नगर भित्र रहेकालाई लक्षण नदेखिएका संक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने गरेको छ । बुटबल उपमहानगरपालिका स्वास्थ्य संयोजक जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिहले बताए । अहिले ५८ जना बुटबलका कोरोना संक्रमित होम आइसोलेसनमा रहेको बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा खनालका अनुसार कोरोना सामान्य लक्षण देखिएका बिरामीहरुलाई कोरोना अस्पतालको आइसोलेसनमै राख्ने गरिएको छ । तर, तत्काल थप उपचार गर्नुपर्ने गम्भीर प्रकृतिको लक्षण देखिएकालाई आईसीयूमा भर्ना गर्ने गरिएको बताए । 

बुटबलको कोरोना अस्पतालबाट अहिलेसम्म ९७ घर गएका जनाको उपचारपछि निको भएको र उपचारको क्रममा २ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । 

प्रदेश ५ मा अहिलेसम्म कोरोना संक्रमितिको संख्या ५ हजार ३ सय ४६ संक्रमित सक्रिय १ हजार ३१ छन् । कोरोना उपचारका निको भएका ४ हजार २ सय ९६ रहेका छन् भने  १७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Last modified on 2020-08-22 17:24:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts