नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर शून्य दशमलव ५ प्रतिशत



Download our app to get more features

काठमाडौं, ६ भदौ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर शून्य दशमलव ५ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ सय ४६ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घन्टामा मात्रै थप ९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

उनका अनुसार सुनसरीका २, भक्तपुरका १, पर्साका ३, मकवानपुरका १, बाराका एक, सिरहाका एक गरी ९ जनाको मृत्यु भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको संख्या अनुपातमा मृत्युदर जम्मा शून्य दशमलव ५ प्रतिशत रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts