२४ घन्टामा थपिए ६ सय ३४ संक्रमित, नेपालमा संख्या ३१ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, ६ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा विभिन्न ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा गरिएको १२ हजार ५ सय १९ पिसिआर परीक्षणमा ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

उनले यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा थप १ सय ३६ जना कोरोना संक्रमणपछि निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमले नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको बताए ।
 

Last modified on 2020-08-22 16:26:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts