चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

चतवन, ६ भदौ । भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेज (सीएमसी) मा गरिएको कोरोना परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा चितवनका चार जना छन् । भरतपुर महानगरपालिका वडा नंम्वर १, ८ र २३ का ४८ बर्षीय पुरुष, २७ बर्षीय महिला र ६१ बर्षीय पुरुष रहेका छन् । त्यस्तै खैरहनी नगरपालिका वडा नंम्वर १२ का ३६ बर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।
त्यस्तै, त्यहाँ गरिएको परिक्षणमा मकवानपुर जिल्लाका नौ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरूमा हेटौंडा ६ का चार जना महिला र एक जना पुरुष, हेटौंडा ४ का एक पुरुष, मनहरी १ की एक महिला र लामसुर्य ९ का दुई पुरुष रहेका छन् ।
योसँगै अहिलेसम्म चितवनमा कोरोना संक्रमितहरुको संख्या ३२७ पुगेको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।