धनगढीको प्रयोगशालामा स्वाबको चाङ्ग लागेपछि परीक्षणका लागि नमूना डडेल्धुरा पठाइयो



Download our app to get more features

धनगढी, ६ भदौ । धनगढीमा दुईवटा प्रयोगशाला भएपनि कोरोना परीक्षणका लागि नमूना डडेल्धुरा पठाउन थालिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बीहिबार परीक्षणका लागि झण्डै १९ सय थ्रोट स्वाबको नमूना डडेल्धुरा पठाइएको जनाएको छ ।

जनस्वास्थ्य प्रयोगशालाले धनगढीमा नमूनाको चाप बढि भएको भन्दै परीक्षण गर्न एक हजार आठ सय ८६ नमूना डडेल्धुरा प्रयोगशाला पठाएको जनाएको हो । धनगढीमा संघीय सरकार र प्रदेश सरकारले दुईवटा प्रयोगशाला स्थापना गरेको भएपनि नमूना परीक्षण गर्न डडेल्धुरा पठाउन थालेको हो ।

सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गर्ने गरी स्थापना भएका प्रयोगशालामा पर्याप्त जनशक्ति नभएका कारण क्षमता अनुसारको परीक्षण गर्न नसकिएको बताईदै आएको छ ।

प्रदेश सरकारले जडान गरेको पिसिआर मेसिनबाट दैनिक एक हजार दुई सय जनाको परीक्षण गर्न सकिने भएतापनि अहिले दैनिक न्यूनतम डेढ सयदेखि एक हजार नमूना मात्र परीक्षण भईरहेको छ ।

सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले पोजेटिभ रिर्पोट आएपछि पुनः परीक्षण गर्नुपर्ने हुँदा दैनिक धेरै परीक्षण गर्न नसकिएको बताए ।

उनका अनुसार प्रयोगशालामा अब करिब उक हजार पाँच सय नमूना परीक्षण गर्न बाँकी छन् ।  तर संकलन हुने क्रम पनि जारी रहेकाले संख्या बृद्धि हुनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts