कोरोना महामारी विरुद्धको लडाईंमा सरकारसँग हातेमालो गर्ने एनएमए र अफिनको निर्णय

What's This?


Download our app to get more features

काठमाडौं, ५ भदौ । कोरोना महामारी विरुद्धको लडाईंमा निजी स्वास्थ्य संस्था र नेपाल चिकित्सक संघ सरकारसँग हातेमालो गर्नका लागि तयार भएको छ ।

एशोशिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोशिएसनको शुक्रवार बसेको संयुक्त बैठकले कोरोना महामारी विरुद्धको लडाईंमा सरकारसँग मिलेर अघि बढ्ने निर्णय गरेको हो ।

बैठकबाट कोरोना महामारीले नेपालमा पछिल्लो समय चिन्ताजनक अवस्था उत्पन्न भएकोले सरकारसँग हातेमालो गरि अघि बढ्न दुबै संस्था प्रतिबद्ध रहेको प्रतिबद्धता जनाइएको छ ।

अफिन र चिकित्सक संघले सरकारसँग सहकार्य गर्न तयार रहेपनि चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि बेलाबेला हुने दुर्व्यवहार र निजी क्षेत्रलाई गरिने अपमानजनक व्यवहार बन्द गर्न सरकारले वार्ता गर्ने वातावरण तयार गर्नुपर्ने पनि बैठकले निर्णय गरेको हो । 

आफूहरुको सम्मानपूर्वक उपस्थिति तथा चिकित्सकको मनोबल कमजोर बनाउने काम तत्काल बन्द गर्नुपर्ने भन्दै संयुक्त बैठकबाट आफूसँग भएको स्रोत र साधनको उचित प्रयोग गरेर कोरोना माहामारीको लडाईंमा लाग्ने पनि निर्णय गरिएको दुबै अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Last modified on 2020-08-21 19:53:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts