कोरोना संक्रमणका कारण प्रदेश २ मा मात्रै ५७ जनाको मृत्यु

कुन प्रदेशमा कति उपचाररत र कतिको मृत्यु ? यस्तो छ विवरण



Download our app to get more features

काठमडौं, छ भदौ । कोरोना संक्रमणको हटस्पट प्रदेश नम्बर २ मा हालसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार प्रदेश नम्बर २ मा भदौ ५ सम्म ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

नेपालकै सबैभन्दा धेरै प्रभावित जिल्ला पर्सामा मात्रै हालसम्म २५ जनाको मृत्यु कोरोना संक्रमणका कारण भइसकेका छ । जहाँ हाल १४ सय कोरोना संक्रमित उपचाररत छन् । 

यस्तै प्रदेश एकको मोरङमा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने काठमाडौं जिल्लामा १२ जना र धनुषा जिल्लामा हालसम्म ११ जनाको मृत्यु भएको छ । 

प्रदेश र जिल्लागत हालसम्म कोरोना संक्रमणका कारण मृत्यु भएका र उपचाररत रहेकाहरुको विवरण यस्तो छ :

Last modified on 2020-08-21 17:36:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts