लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरूले यसरी मनाए तीज

रुपन्देही, ५ भदौ । देशभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण वर्ष दिनमा आउने तीज पर्वमा परिवार, आफन्तसँग रमाइलो गरी मनाउन नपाए पनि लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरूले भने सन्देशमूलक गीतसहित तीज मनाएका छन् ।
अघिका वर्षहरूमा तीजमा आलोपालो गरी माइत जाने नर्सहरूले यो पटक बिदा पाएनन् । कोरोना भाइरसको गतिसँगै र उनीहरूको व्यस्तता पनि निकै बढेको छ । विगत पाँच महिनादेखि कोरोना संक्रमितसँगै नियमित उपचारका लागि आउने बिरामीको सेवामा खटिएका उनीहरूले अस्पतालमै सन्देशमूलक तीज गीत गाएर रमाएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ इञ्र्चाज ज्योति पौडेलको नेतृत्वमा अस्पताका नर्सहरुले सन्देश मुलक सन्देशमुलक गीत गएका छन् । इञ्र्चाज पौडेल भन्छिन्, ‘विगतका वर्ष जस्तो अवस्था नभएकोले अहिले हामीले अस्पतालमै साथीहरु जम्मा भएर सन्देशमुलक तिज गित गाएको हौं ।’
हामी सबैले पीपीई माक्स लगाएर सुरक्षित रुपमा जम्मा भएर सन्देश मुलक गीत गाउँदै यस पटकको तीज मनाएका हौं । उनले भनिन्, ‘सरकारको प्रयासले मात्र कोरोना नियन्त्रण हुन नसक्ने भएकोले बिना काम घरबाहिर ननिस्कन, बाहिर निस्किनै परे मास्क लगाउन र साबुन पानीले हात धोइरहन जस्ता गित मार्फत सुरक्षित हुन आग्रह गर्यौ ।’
यस्तो छ गीतको शब्दः
तीज तीज आयो नाच्ने गाउने रहर छ
के गर्नु र कोरोनाको ठूलो कहर
सधैंजस्तै तीज पर्व घुम्दै फिर्दै आको छ
विश्वभरि कोरोनाले सातो खाको छ
स्वदेशबासी विदेशबासी सबैको नाममा
७७ साल तीजको शुभकामना
कति भा’छन् संक्रमित कति मृत्युवरण
अझैसम्म पत्तो छैन के हो कारण
फैलिन त कोभिड–१९ विश्वभरी फैलिएछ
पाँच नम्बर प्रदेशको चासो लाइरा छ
एक दुई जना भन्दा भन्दै समुदायमा आको छ
अझै कति फैलिने हो डर लाको छ
नौ सय ६० सक्रिय संक्रमित १६ मृत्यु भएको
भदौ ३ सम्मको रिपोर्ट आएको
थुकका छिटा हाच्छिँउ गर्दा यो रोग सर्दछ
सामाजिक दुरीको खाँचो पर्दछ
बिनाकामले लखर–लखर बाहिर–बाहिर नडुलौं
हिड्नँ परे मास्क लाउन कहिले नभुलौं
यति कुरा ख्याल राखौं बाहिर गई आएर
राम्रोसँग हात धुनु साबुन लाएर
भिटामिन सी र डी पौष्टिक आहार लिनुहोस्
खानपिन सरसफाइमा ध्यान दिनुहोस्
मनोबल उच्च राखौं नकारात्मक भगाऔं
आफू पनि सुरक्षित भई अरु जोगाउँ
यसपालि भोज भतेर माइत पनि नजाउँ है
बाहिरको जे पायो त्यही कोही नखाउँ है
रोक्नु प¥यो सारा इच्छा यी मनका भावना
स्वास्थ्य नै हो जीवनको ठूलो गहना
तीज आयो भनेर मनपरी नगरौं
आफ्नो आनीबानीलाई आफैं सुधारौं
जबसम्म जनताको भित्री भाव जाग्दैन
सरकारको प्रयासले छेउ लाग्दैन
हामी एकजुट हुनुपर्छ यो कोरोना भगाउन
सरकारलाई मात्र हुन्न दोष लगाउन
समयमै सजग भए बल्ल हामी बाँचिन्छ
अहिलेको मेख मारेर आइसाल नाचिन्छ
कति छन् नि मनका इच्छा कति थिए भावना
कोभिड मुक्त विश्व बनोस् शुभ कामना !!!